भूकम्पकाे धक्का महसुस

0

गोखराको पूर्वी भेग र आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ४ बजेर ९ मिनेटमा गएको भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्म महशुस गरिएको थियो । सुतिरहेको समयमा भूकम्प गएपछि सर्वसाधारण त्रसित भएका थिए । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पयता हजारौंपल्ट पराकम्पहरु गइसकेको छ । 

Leave A Reply

Your email address will not be published.