नर्वेमा धनुष बाँणको आक्रमणबाट पाँच जनाको मृत्यु, दुई घाइते

0

एजेन्सी : युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो । घटनामा दुई जना घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आक्रमणमा सग्लन व्यक्तिले सहरका विभिन्न स्थानमा तीर प्रहार गर्दै हिँडेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिसँग अरु हतियार पनि रहेका थिए । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरीले घटनामा आतंकवादीहरुको संलग्नता रहे नरहेको बारेमा अनुसन्धान गर्ने जनाएको छ । प्रधानमन्त्री एर्ना सोलबर्गले संधिग्द व्यक्तिलाई हदैसम्मको कारवाही हुने बताएका छन ।

Leave A Reply

Your email address will not be published.