वर्षमा एक दिन खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो

0

काठमाडौं : हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि बिहीबार खुला गरिएको छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले दर्शनार्थीहरुको बाक्लो घुइँचो लागेको छ ।

तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ ।

महानवमीका अवसरमा राँगा, बोका, हास र कुखुरा गरि पारेर तलेजु मा १०८ ओटा वलि दिने चलन छ ।

त्यसैगरी शाकाहारीहरुले कुविण्डो र काक्रोको बलि दिने गरिन्छ । विहान ५ बजेबाट सर्व साधारणका लागि खुला गरिएको पुजा राती ८ बजे पछि बन्द हुनेछ । यो मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकाका तीन शहरबाहेक नुवाकोट, काभ्रे, दोलखा, नालालगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

Leave A Reply

Your email address will not be published.