नोबेल पुरस्कारमा लिङ्गका आधारमा कोटा नराखिने

0

एजेन्सी : विज्ञानतर्फ नोबेल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका प्रमुखले लिङ्गमा आधारित पुरस्कारमा कोटा नराखिने स्पष्ट पारेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसनले कुनै लिङ्ग अथवा जातिको आधारमा नभएर निक्कै महत्वपुर्ण खोज गरेकालाई मात्रै पुरस्कृत गरिने बताएका हुन् ।

लिङ्गका आधारमा कोटा नदिने निर्णय अल्फ्रेड नोबेलको अन्तिम इच्छाको मर्ममा आधारित रहेको पनि प्रमुख हानसनको भनाइ छ ।

नोबेल पुरस्कार विजेतामध्ये महिलाहरू एकदमै कम हुनु दुःखद भएको उनले उल्लेख गरेका छन् । महिलाले कम पुरस्कार पाउनुले समाजमा रहेको अनुचित अवस्थालाई दर्साउने उनको भनाइ छ ।

सन् १९०१ मा प्रारम्भ भएयता जम्मा ५९ जना महिलाले मात्रै नोबेल पुरस्कार पाएका छन् । यो वर्ष नोबेल फिलिपिन्सकी मारिया रेसा एक जना महिलाले मात्रै नोबेल पुरस्कार पाएकी छिन् । पत्रकार रेसालाई रुसी पत्रकार दिमित्री मुरातोभसँगै यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.