मुगुमा बस दुर्घटना, २२ जनाको मृत्यु

0

काठमाडौं : मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य १८ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.