चीन र ताइवानको विवाद उत्कर्षमा

0

एजेन्सी : चीन र ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ् वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको बताएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले राष्ट्रिय दिवसको अवसरमा ताइवानकी राष्ट्रपति साइको भाषणलाई उत्तेजक भन्दै ताइवानले भिडन्त चाहेको प्रतिक्रिया दिएका छन् ।

ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि त्यसप्रति चिनिया राष्ट्रपतिले आपत्ति जनाएका हुन् ।

यसअघि चिनियाँ राष्ट्रपति सी ले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएका थिए ।

ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर दुई मुलुकबीच लामो समयदेखि विवाद रहेको छ । ताइवानले आफुलाई छुट्टै मुलुक मान्ने गरेको छ । चीनले भने ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.