रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा ४ जनाको मृत्यु, कर्फ्यू सोमबार पनि जारी

0

रुपन्देही : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जनाको भने अझै पहिचान खुल्न सकेको छैन । झडपमा चार जनाको मृत्यु भएपनि कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको हो ।

तनाव बढेदेखि आइतबारदेखि त्यस क्षेत्रमा लगाइएको अनिश्चितकालिन कर्फ्यू जारी नै छ । थप झडप हुने अवस्था देखिएपछि स्थानीय प्रशासनले कर्फ्यू जारी राखेको हो । मोतिपुक्षेत्रको हरिहरपुर, रानिगन्ज, तिनाउपुल आसपासको क्षेत्रमा अर्काे आदेश नहुन्जेल जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निशेधाज्ञा जारी गरेको हो ।

पुनः हिंसात्मक स्थिती नहोस भनेर सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । ढुंगामुढा तथा पेट्रोल बम प्रहारबाट प्रहरी घाइते भएका हुन् । घाइते प्रहरीहरु मध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।

झडपमा करिब तीस जना स्थानीय घाइते भएका छन् । समाचार संकलन गर्न पुगेका दुईजना संञ्चारकर्मी पनि सो क्रममा घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा उपचार भइरहेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औधोगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव भएको प्रशासनको भनाइ छ । गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा सर्वसाधारण मारिएपछि त्यसले आक्रोश निम्ताएको छ ।

औद्योगिक करिडोर क्षेत्रमा जग्गा अतिक्रमण गर्न बसेका विभिन्न जिल्लाका जनता र सुरक्षाकर्मीहरुबीच झडप भएको हो । मोतिपुरको हरिहरपुर क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.