हनुमानढोकाको दशैं घरमा राखियो जमरा

0

काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । बिहीबार बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा हनुमानढोकाको दशैं घरमा जमरा राखिएको हो ।

घटस्थापना गरिएपछि नेपालीहरुको महान पर्व दशैं शुरु भएको मानिन्छ । पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैंको नवरात्र शुरु हुन्छ ।

घटस्थापनाका दिन घरघरमा कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ । नजिकको नदी तथा चोखो ठाउँबाट माटो वा बालुवा ल्याएर विधिपूर्वक जमरा राखिने गरिन्छ ।

विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

घटस्थापनाको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.