‘टिम कुल’ बाट चुनाव लड्ने कोषाध्यक्षका उम्मेदवार लोक दाहालको घोषणा (अडियो सहित)

0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्रि केसीको टिममा रहेका भनिएका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् ।

केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार भनेर प्रचार गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम) ले केसीको साथ छाडेका छन् । उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् ।

केसीले गत साता सार्वजनिक गरेको आफू पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए ।श्रेष्ठ र दाहालले केसीको साथ छाडेसँगै आचार्यको पल्ला भारी देखिएको छ ।

आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम) मा सहभागी हुँदै कोषाध्यक्षका उम्मेदवार लोक दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा  प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए । धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् ।

‘कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु,’ दाहालले भने ।

हाल काठमाडौँमै रहेका दाहाल मंगलबार उपाध्यक्ष डा बद्री केसीद्वारा आयोजित घोषणा सभामा सहभागी भएनन्।  

Leave A Reply

Your email address will not be published.