प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै

0

काठमाडौं : प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेसँगै ८ मिनेट बसेर स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही शुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरे ।

सभामुख सापकोटाले पटक पटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध छोडेनन् ।

एमालेले कारबाही गरेका १४ सांसदमाथिको कारवाहीको सुचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिए ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.