३३ किलो सुन प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

0

काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चूडामणि उप्रेती, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।

यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ ।

फरार रहेका २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । प्रकरणमा मुछिएका अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ ।

Leave A Reply

Your email address will not be published.