मन्त्रिपरिषद्मा भाग खोजेको छैन : प्रधानन्यायाधीश

0

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बार एशोसिएसनका पदाधिकारीले भेटघाट गरेका छन् ।

प्रधानन्यायाधीशले मन्त्रालयल बाँडफाँडमा आफूलाई पनि भाग मागेको समाचार बाहिरिएपछि बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरा भेट्न गएका हुन् ।

उनीहरुले समाचार झुटो भए प्रधान्यायाधीशले खण्डन गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा प्रधान्यायाधीशले पनि खण्डन गर्ने बताएको बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

बारका पदाधिकारीका अनुसार प्रधानन्यायाधीशले आफूले त्यस्तो नगरेको बताएको जानकारी दिए । केही सञ्चारमाध्यममा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्ना मान्छेलाई नियुक्त गराउनका लागि भाग खोजेको  समाचार प्रकाशित भएको थियो । नेपाल संविधान अनुसार सांसद वा राष्ट्रिय सभा सदस्य मन्त्री बन्न पाउने व्यवस्था छ ।

तर सांसद वा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था पनि रहेकाले प्रधानन्यायाधीशको कोटामा दीपक तिमिल्सेनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । 

Leave A Reply

Your email address will not be published.