ब्राजिलमा राष्ट्रपति बोल्सोनारोको राजीनामा माग गर्दै प्रदर्शन

0

एजेन्सी : ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारोको बिरोधमा प्रदर्शन भएको छ । बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला तथा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरुले राष्ट्रपति बोल्सोनारोले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । राष्ट्रपति बिरुद्ध ब्राजिलको तल्लो सदनमा महाअभियोग समेत दर्ता भएको छ ।

राष्ट्रपतिको पदत्यागको माग गर्दै प्रदर्शन भएको हो । राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेको प्रदर्शनमा सहभागीको आरोप छ ।

बोल्सोनारोकै कारण छ लाख भन्दा बढीको ज्यान गुमाउनु परेको विपक्षी दलको आरोप छ । भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको पनि उनीहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.