‘कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी’

0

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

नेता गगन थापाले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढने कांग्रेस बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।

उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको दाबी गरे ।

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावी समेत गरे । उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जिवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्‍याए ।

Leave A Reply

Your email address will not be published.