एमालेले माओवादी कार्यकर्तालाई आक्रमण गर्ने प्रयास गरिरहेको छ : प्रचण्ड

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टीका कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । 

नेकपा एमालेप्रति आक्रामक अभिव्यक्ति दिँदै अध्यक्ष दाहालले एमालेका नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिए । एमालेविरुद्ध देशभर प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका दाहालले एमाले गणतन्त्र, संघीयता विरोधी पार्टी भएको आरोप पनि लगाए ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गरेको पनि सुनाए ।

अध्यक्ष दाहालले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको खुलाशा पनि गरे । डेढ वर्षका लागि प्रधानमन्त्री खाईदिनुस भनेर धेरै पटक भनेको भन्दै दाहालले धेरै दुःख गरेर देउवालाई प्रधानमन्त्रीका लागि तयार पारेको पनि बताए ।

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु भने सही भएको पटक पटक दोहो¥याएका थिए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.