उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

0

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्य उपचारको लागि थाइल्याण्डको बैकक गएका छन् ।

स्वास्थ्यमा लगातार समस्या देखिएपछि थप उपचारका लागि पुन आज बिहान थाइ एयरवेजमार्फत बैंकक प्रस्थान गरेका हुन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पुनलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उहाँको शरीरमा जण्डिसको मात्रा देखिएको छ ।

घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि पनि निमोनिया भएपछि उहाँलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।

विगत पाँच वर्षदेखि उनले बैंककमा नियमित उपचार गराइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.