प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बताइएको छ ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेसँगै सत्ता गठबन्धन मन्त्रपरिषद् विस्तारको तयारीमा जुटेको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो नलाग्दा सरकारले पूर्णता पाउन सकेको छैन । 

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.