परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट

0

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ता विशाल न्यौपानेले खड्कालाई कानुनी व्यवस्थाबिनै शपथ गराइएको जिकिर गर्दै शपथ बदरको माग गरेका हुन् ।

कानूनी व्यवस्था गरेर शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न÷नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।

केपी ओली नेतृत्वको सरकारले जारी गरेको शपथसमबन्धी अध्यादेश २०७८ संसदबाट पारित नभएकाले स्वतः निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा शपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दाबी गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । रिटमाथि बुधबारका लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.