माओवादी नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि बैंकक लैजाने तयारी

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।

जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको हो ।

उनको यसअघि २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । पुन त्यसपछि नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए ।

दुई दिनदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाव दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.