मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भएसँगै सरकारलाई पुर्णता दिने तयारी उनले थालेका हुन् ।

देउवाले सरकारमा जाने मन्त्रीहरुको नाम गठबन्धनमा आबद्ध दलसँग मागेका छन् । मंगलबार मन्त्रालय टुंगो लागेमा बुधबार र नलागेमा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा लगभग सहमति जुटिसकेको छ । सहमतिअनुसार गठबन्धन आवद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छ–छ मन्त्रालय लिने सहमति बनेको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हाल एक राज्यमन्त्रीसहित छ जना मन्त्री छन् । तिमध्ये माओवादी केन्द्रका दुई मन्त्री छन् ।

Leave A Reply

Your email address will not be published.