मन्त्रिपरिषद् निर्णय : तीन वटा विधेयक संसदमा पेश गर्ने, गोरखापत्रको कार्यकारी अध्यक्षमा सुवेदी

0

काठमाडौं : सरकारले तेजाब नियन्त्र, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सपथ सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक र तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक संसदमा पेस गर्ने निर्णय भएको जानकारी दिए ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले तेजाब नियन्त्र, प्रहरी समायोजन र शपथ सम्बन्धी अध्यादेश ल्याएको थियो । संघीय संसदमा ६० दिनसम्म पनि प्रतिस्थापन विधेयक नल्याइएका कारण ती अध्यादेशहरु निस्क्रिय भएका थिए ।

अघिल्लो सरकारले अध्यादेशका रुपमा ल्याएको कानुनको आवश्यकता रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक पेश गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले समाज कल्याण परिषदबाट राजीनामा दिएका सबैको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने र गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Leave A Reply

Your email address will not be published.