मिस ग्र्यान्ड बेल्जियमकी डाइरेक्टर क्यारोलिन कोलिन्दासँग नेपाली रंगमन्चको नाता

0

विश्वका उत्क्रिष्ट ५ सुन्दरी प्रतियोगिता मध्यको एक मिस ग्र्यान्ड इन्टरन्याशनलको बेल्जियम संस्करणको मुख्य आयोजक एबम कन्ट्री डाइरेक्टर क्यारोलिन कोलिन्डा नेपाली चलचित्रकी नायिका हुन । क्यारेबियन मुलकी युरोपियन नागरिक क्यारोलिन नेपाली चलचित्र लप्पन छप्पन २ मा मुख्य भूमिकामा रहेकीछिन ।

नेदरल्यान्डमा हुर्किएर बेल्जियमलाई कार्य क्षेत्र बनाएकी यी मोडल एबम नायिका युरोपको मोडलिङ र ब्युटी प्याजेन्टहरुमा सकृय बिभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा आँफै पनि सह्भागि भएकीछिन । रिलिजको तयारीमा रहेको नेपाली चलचित्र लप्पनछप्पन २ कि नायिका क्यारोलिन मिस युनिभर्स नेदरल्यान्डको सेकेन्ड रनरअप एबम मिस ग्लोबल र मिस ईको इन्टरन्यासनलकी प्रतिपर्धी हुन । बेल्जियमका नेपाली ब्यबसायी चिज कुमार श्रेष्ठको सहकार्यमा उनले नेपाली फिल्ममा अभिनय , ब्युटी प्याजेन्ट र ईभेन्टहरु गरिरहेकी छिन ।

२०१३ मा स्थापना भएर विश्वमा प्रेम सद्भाब तथा नैतिक शिक्षाको बिस्तारमा योगदान र परोपकारी काम गरिरहेको मिस ग्र्यान्ड इन्टरन्याशनलले बाहिरको देखावटि भन्दा मानिस भित्र भएको प्रेम करुणालाई चिन्न सके विश्व शान्तिमा योगदान पुग्ने बताउदै आएकोछ ।


गत हप्ता सम्पन्न भएको मिस ग्र्यान्ड बेल्जियमको पहिलो संस्करणमा जोम्की टेन्जिङ मिस ग्र्यान्ड बेल्जियम बनेकीछिन । करिब सय जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस ग्र्यान्ड् बेल्जियमको ताज जितेकी जोम्की तेन्जिङले आगामी डिसेम्बर पहिलो हप्ता थाइल्यान्डमा हुने मिस ग्र्यान्ड इन्टरन्यासनलमा बेल्जियमको प्रतिनिधित्व गर्ने छिन । मिस ग्र्यान्ड इन्टरन्यासनलमा जोम्कीको उत्कृष्ट प्रर्दशन हुनेमा क्यारिलिन विश्वस्त रहेकी छिन ।

प्रेम र सुन्दरताको माध्यमले युद्ध र हिंशा मुक्त विश्व बनाउन काम गरी रहेको मिस ग्र्यान्ड इन्टरन्यासनलले युबा प्रतिभाहरुलाई विश्व शान्तिकोलागी उत्प्रेरित गर्दै आई रहेकोछ ।

मिस ग्रान्ड बेल्जियमबारे क्यारोलिन कोलिन्डा ….

Leave A Reply

Your email address will not be published.