जर्मनीमा आज आमनिर्वाचन : १६ वर्षे मर्केल शासनको अन्त्य हुँदै

0

एजेन्सी : युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ । जर्मन चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

एङ्गेलाको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच नयाँ चान्सलरका लागि प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तल्लो सदनका सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आइतबार नै आउने बताइएको छ ।

१६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यो पटक उम्मेदवारी दिएकी छैनन् । उनले सन् २००५ देखि लगातार जर्मनीमा शासन गर्दै आएकी छिन् ।

मर्केलको उत्तराधिकारी चुनिने भएकाले यो चुनावलाई युरोपमा विशेष महत्वका साथ हेरिएको छ । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली भएको जर्मनीमा छ करोडभन्दा बढी मतदाता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.