कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

0

काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । शनिबार महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता विवाद टुंगो लगाएर निर्वाचन समितिलाई विवरण बुझाइएको हो ।

विवाद टुंगो लगाएर विवरण समितिलाई बुझाइएका जिल्लामा आइतबार नै निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको कांग्रेसले जनाएको छ । अझै पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालको क्रियाशील विवाद टुंगिन बाँकी छ ।

कांग्रेसले दशैँअघि ७७ वटै जिल्लामा पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

यसैबीच नेपाली कांग्रेसको गाउँ÷नगर अधिवेशन आइतबार पनि जारी रहेको छ । शनिबारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचन भएको छ ।

शनिबार ५४ जिल्लामा अधिवेशन शुरु भएकोमा तिमध्ये केहीमा आइतबार निर्वाचन हुँदैछ । वडा अधिवेशन सकिएका वाग्तमी प्रदेशको ३ जिल्लामा गाउँ नगर अधिवेशन केही पर धकेलिएको छ ।

काठमाडौं, ललितपुर, सिन्धुपाल्चोकको गाउँ नगर अधिवेशन केही ढिला हुने भएको हो । रामेछापमा आइतबार गाउँ नगर अधिवेशन तय गरेको छ । ललितपुरमा सोमबार अधिवेशन हुँदैछ । काठमाडौंले १६ गतेका लागि अधिवेशन तय गरेको छ ।

Leave A Reply

Your email address will not be published.