बसन्त चौधरीलाई हृदयघात

0

काठमाडौं : उद्योगी बसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ । चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्न सुझाव दिएकाले शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।

थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीको मुटुमा समस्या देखिएपछि थप उपचारका लागि दुबई लगिएको हो ।

Leave A Reply

Your email address will not be published.