दशैंको साइत सार्वजनिक : टीका लगाउने समय असोज २९ गते १० बजेर २ मिनेटमा

0

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार विजयादशमीका दिनको टीका लगाउने साइत बिहान १० बजेर ०२ मिनेटमा रहेको छ ।

असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । त्यसैगरी असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत विजयादशमीका दिन बिहान ७ बजेर १ मिनेटमा रहेको छ ।

तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

Leave A Reply

Your email address will not be published.