प्रचण्डसँग चुनाव लड्न तयार छु : नेता थाप

0

काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापाले चितवनमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार रहेको बताएका छन् ।

‘आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ, त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ,’ थापाले भने ।

प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले दाहाललाई समाजवाद र राष्ट्रियता विरोधी भएको आरोप समेत लगाए ।

राष्ट्रियता, समाजवाद, र समृद्धिको बाटो आफुले नभई दाहालले छाडेको उनको तर्क थियो ।

उनले आयस्रोत खुलाउन नपर्ने नीति ल्याएर सरकारले कालोधनलाई संरक्षण गर्न खाजेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.