यस वर्षको मदन पुरस्कार इङ्नामको पुस्तकलाई, भैरवबहादुर थापालाई जगदम्बा-श्री

0

काठमाडौं : यसवर्षको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको बिहीबार भएको साधारणसभाले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेको भन्दै लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२० पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीले २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट ९ वटा पुस्तकलाई मदन पुरस्कार श्रेष्ठ सूचीमा सार्वजनिक गरेको थियो ।

सूचीमा लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहसहित गिरि श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि र जेसन कुँवरको रमिते रहेका थिए ।

त्यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । सात दशकदेखि नेपाली नृत्य क्षेत्रको विकासमा समर्पित भए वापत थापालाई जगदम्बा श्री पुरस्कार दिइएको हो । दुबै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ रहेको छ ।

Leave A Reply

Your email address will not be published.