एनआरएनए अमेरिकाको महाधिबेशन प्रतिनिधि छनोट अबैधानिक भएको भन्दै सर्बोच्चमा मुद्दा दर्ता,प्रतिनिधि बिबाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा अन्तरिम आदेश अस्वीकार ,

0

एनआरएनए अमेरिकामा भएको महाधिबेशन प्रतिनिधि चयन बिधान बिपरित भएको भन्दै अमेरिका निबासी रविन बज्रचार्यले सर्बोच्च अदालतमा मुद्दा दर्ता गरेकाछन । एनआरएनए अमेरिकामा भएको महाधिबेशन चयन् बिधान सम्मत नभएको र त्यसले अन्य एनसीसीहरुमा गलत नजिर स्थापना हुने भएकोले चयन भएका महाधिबेशन प्रतिनिधि अमान्य घोषणा गरी नयाँ प्रकृयाबाट महाधिबेशन प्रतिनिधि छनोट गर्न आदेश गरीपाउ भनि सर्बोच्चमा मुद्दा दर्ता गरिएको हो ।

एनआरएनए संस्थापन पक्षको समर्थनमा पररास्ट्रले लेखेको पत्र बिधान सम्मत नभएको र पररास्ट्रले हस्तक्षेप गर्न नमिल्ने भन्दै परमादेश माग गरिएकोमा भने सर्बोच्चले कुनै पनि आदेश् नदिएर पररास्ट्रको पत्रलाई जायज ठहर गरेकोछ ।

एनसीसी अमेरिकामा महाधिबेशन प्रतिनिधि चयन गर्दा आईसिसि र एनसीसीको बिधान बाझिएकोले अमेरिकामा दर्ता भएको संस्थाको बिधान अनुसार गरिएको एनसीसी अमेरिकाले बताएकोछ ।

बिशेष महधिबेशन देखिनै चुनाबि नतिजालाई प्रभाबमा राख्ने गरी प्रतिशतको आधारमा नयाँ र पुरानो समितिले प्रतिनिधि चयन गर्न पाउने अप्रजातान्त्रिक नियम राखिएकोले यो बिषय संसार भरिका एनसीसीहरुमा बिबादको बिषय बनेको थियो । यही बिषयलाई लिएर एनसीसी र आईसीसिका प्रतिनिधि पररास्ट्र मन्त्रालय सम्म पुगेकाछन ।

बज्राचार्यले एनसीसी अमेरिकाको बिषयलाई मात्र आधार बनाएर सर्बोच्चमा मुद्दा गरे पनि यसबाट आउने निर्णयले संसार भरि भएका बिषयलाई तुङ्याउन भने दिशानिर्देश गर्न सक्नेछ । बज्रचार्यले परमादेशको माग गरे पनि सर्बोच्चले परमादेश र कारण देखाउ आदेश भने जारी गरेकोछैन ।

Leave A Reply

Your email address will not be published.