चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने

0

एजेन्सी : चीनले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै सी ले विकासशील देशहरुलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने बताए । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना नबन्ने उनको भनाइ छ । ।

पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना हुँदै आएको समयमा चीनको पछिल्लो घोषणा आएको हो ।

चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण मानिएको छ । चीनले इन्डोनेशिया, भियतनासहितका देशमा कोइला खानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.