तीन जिल्लामा काेराेनाविरुद्ध पूर्ण खोप

0

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्ण मात्रामा लगाइएको छ । मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्याले खोप पाएका हुन् ।

यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएका छन् ।

बुधबारसम्म मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसंख्यालाई खोप लगाउने तयारी सरकारले गरिरहेको छ । बुधबार एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन्।

अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८ सय ७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८ सय ५३ जनाले खोप लगाइसकेका छन ।

अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको छ । ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुग्ने अनुमान गरिएको छ ।

अहिलेसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.