संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क प्रस्थान

0

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन् ।

गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलबारदेखि शुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल बुधबार राति त्यसतर्फ लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले खड्कालाई विदाई गरे ।

खड्काले कोरोना भाइरसपछिको पुनःस्थापना, दिगो पुनर्निर्माण सम्बन्धी विषयमा महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन् ।

Leave A Reply

Your email address will not be published.