नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो ।

बाँकी रहेका २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ । पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न राष्ट्रियस्तरमा अभियान गर्ने तयारी पार्टीको छ ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ । वामपन्थी पृष्ठभूमि भएर पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ ।

केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने समाजवादीको तयारी छ ।

Leave A Reply

Your email address will not be published.