डडेलधुराका वडा तहमा पुनः चुनाव गर्न पौडेल समूहद्वारा निर्वाचन समितिको ध्यानाकर्षण

0

काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ ।

पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा वडा तहको अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । निर्वाचन समितिलाई ध्यानाकर्षण गराएर फर्कने क्रममा महामन्त्री डा शशांक कोइरालाले निर्वाचन समितिले डडेल्धुरामा पुनः चुनाव सम्भव नभएको बताएको जानकारी दिए ।

निर्वाचन समितिसँग पौडेल पक्षका नेताहरूले दुईतिहाइले बहिस्कार गरेको वडा अधिवेशन हुन्छ ? भन्दै प्रश्न राखेका थिए ।

निर्वाचन समितिको ध्यानाकर्षण गरेर फर्कनेक्रममा डा. शेखर कोइरालाले कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यैपनि र कहीँपनि अधिवेशन नभएको बताए । उनले पार्टी सभापति÷प्रधानमन्त्रीकै जिल्लामा यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

निर्वाचन समितिले निर्वाचन अधिकृतलाई बोलाएर जानकारी लिने र आवश्यक निर्णय गर्ने जानकारी नेताहरुलाई दिएको छ । पौडेल पक्षका नेताहरुले अन्य जिल्लामा हुने अधिवेशनमा निष्पक्षता कायम गर्न समितिलाई आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.