माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडे : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नै घरमा आगो लगाएर खरानी घसेर हिँडेको भन्दै आरोप लगाएका छन् ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरे ।

उनले आफ्नै पार्टीको सरकार ढालेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाएको तथा पार्टी विभाजन गरेको भन्दै नेता नेपालको कडा आलोचना गरे । 

अहिलेको सरकार टुटेफुटेका दलहरूको गठबन्धनले बनाएको ‘निकम्मा सरकार भएको’ उनको आरोप छ । उनले फेरि जनादेशबाट सरकार बनाउने दाबी पनि गरे ।

अध्यक्ष ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए ।

कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।

शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा काम नभएको बताउँदै पुनः पार्टी फुटाउन माधव नेपाल चाहिएको हो ? भन्दै प्रश्न गरे ।

Leave A Reply

Your email address will not be published.