संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान नेता बरादर पनि समावेश

0

एजेन्सी : संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरसमेत छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले बुधबार २०२१ का सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची प्रकाशन गरेको हो । सूचीमा चकित पार्ने नामका रुपमा तालिबानका सह–संस्थापक बरादर परेका हुन् ।

तालिबान नेता बरादर अफगानिस्तानमा २० वर्षदेखि चलिरहेको युद्धका निर्विवाद विजेता बन्दै उदाएपछि सुचिमा अटाएका हुन् ।

सन् २०२१ का प्रभावशाली व्यक्तिको सूचीमा धेरैजसो पुराना अनुहार दोहरिएका छन् । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, राजकुमार ह्यारी र मेघन पनि सामेल छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री नेफ्टाली बेनेटको नाम पनि सूचीमा परेको छ । इरानका राष्ट्रपति इब्राहिम रइसी र टेस्लाका सीईओ एलन मस्कको पनि नाम अटेको छ ।

सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोभिसिल्ड खोप निर्माता कम्पनी सिरमका सीईओ अदार पुनावाला पनि परेका छन ।

Leave A Reply

Your email address will not be published.