राष्ट्रियसभा बैठकमा एमालेको अवरोध कायमै

0

काठमाडौं : राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ ।

बुधबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका राष्ट्रियसभा सांसद  भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । उनले सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नसक्ने बताइन् । 

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।

बैठकले संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

Leave A Reply

Your email address will not be published.