तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद

0

एजेन्सी : तालिबानका शीर्ष नेताहरुबीच असन्तुष्टि चुलिएको छ । अन्तरिम सरकार गठनमा उनीहरुबीच गम्भीर विवाद र चर्काचर्की नै भएको बीबीसीले उल्लेख गरेको छ ।

गत साता तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको बीबीसीले स्रोतलाई उद्धृत गर्दै खबर प्रकाशित गरेको छ । 

तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो ।

पछिल्ला दिनहरूमा मुल्ला बरादर सार्वजनिक रूपमा देखिएका थिएनन् । त्यसपछि तालिबानमा नेतृत्वका लागि असहमति पैदा भएको विषय बाहिर आएको हो । 

यस्तै अन्तरिम सरकारको संरचनालाई लिएर बरादर खुशी नरहेको र सोही कारण पनि विवाद भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.