एमालेको अवरोधका बीच विनियोजन विधेयक संसदबाट स्वीकृत

0

काठमाडौं : प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरे ।

बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनीत हाल नेपाली कांग्रेसका नेता रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य मानबहादुर महतोको निधनप्रति सर्वसम्मत् रुपले शोक प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

Leave A Reply

Your email address will not be published.