पाँच दशकअघि हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

0

काठमाडौं : पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।

अमेरिकाको कोलोराडोस्थित एक संग्रहालयले अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको हो ।

पाटनको गाः हिटीमा उक्त मूर्ति १९६० को मध्यतिर हराएको थियो । १० औं शताब्दीमा निर्मित उक्त मूर्ती पछि अमेरिकाको डेन्भर आर्ट म्युजियममा भेटिएको थियो ।

सन् १९७५ पछि यो मूर्ति उक्त संग्रहालयमा प्रदर्शनका लागि राखिएको बताइएको छ । उक्त मूर्तिलाई फिर्ता गर्नका लागि सम्पदा अभियन्ताहरुले प्रयास गरेका थिए । मूर्ति छिट्टै नेपाल ल्याइने दूतावासले जनाएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.