सांसद पाण्डे र भट्टलाई एकीकृत समाजवादी रोज्न दिन सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारविरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै पाण्डे र भट्टले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आबद्ध हुन गत भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेकाले उनीहरुको उक्त दलमा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने गरी कामकारबाही नगर्न/नगराउन निर्वाचन आयोगलाई भनेको छ।

पाण्डे र भट्टलाई निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दलको सनाखतमा सामेल नगरेपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.