नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भयो : वरिष्ठ नेता पौडेल

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडा अधिवेशनमा धाँधली र षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । 

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान विधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

उनले नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको आरोप लगाए । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरा लगायत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने तर्क गरे ।

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट विचलित हुन नदिने प्रतिवद्धता जनाए । १४ औं महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.