एमसीसीविरुद्ध विप्लव नेकपाको विरोध प्रदर्शन

0

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनका क्रममा महासचिव विप्लव पनि सहभागी थिए ।

विभिन्न स्थानमा अलग-अलग नेताहरूले जुलुसको नेतृत्व गरेका थिए ।

यसअघि विराेध प्रदर्शनबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डले सरकारले एमसीसी पास गरे देशमा आगाे बल्ने र संसदीय व्यवस्था खरानी हुने चेतावनी दिएका थिए । 

Leave A Reply

Your email address will not be published.