बाइडेनद्वारा कोरोनसँग लडन नयाँ उपाय सार्वजनिक

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विभिन्न नयाँ उपायहरू सार्वजनिक गरेका छन् । अमेरिकामा कोरोना संक्रमण बढदै गएपछि नियन्त्रणका लागि उनले नयाँ उपायहरु सार्वजनिक गरेका हुन् ।

पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीले कोरोना विरुद्धको खोप लगाउनुपर्नेछ । साथै साप्ताहिक रूपमा कोराना परीक्षण समेत गराउनुपर्नेछ । बाइडेनले एक सयभन्दा बढी कर्मचारी रहेका सबै व्यवसायहरूमा अनिवार्य खोप लगाएको सुनिश्चित गर्न वा आफू कोभिड नेगेटिभ रहेको प्रमाण साप्ताहिक रूपमा दिने व्यवस्था लागु गराउन सरकारी निकायहरूलाई निर्देशन दिएका हुन् ।

यो निर्देशनले आठ करोड अमेरिकीहरूलाई प्रभावित पार्ने बताइएको छ । स्वास्थ्य सेवा कर्मचारीहरूले पनि पछिल्ला नियमहरूको पालना गर्नुपर्ने बाइडेनले स्पष्ट पारे ।

तुलनात्मक रूपमा छिट्टै सर्न सक्ने डेल्टा भेरिअन्ट अमेरिकामा फैलिएका बेला थप अमेरिकीहरूलाई खोप लगाउनका लागि बाइडनले नयाँ योजनाहरू तय गरेका हुन् ।

बाइडेनले परीक्षण गर्नका लागि प्रयोग गरिने सामाग्रीहरूको उत्पादन र वितरण पनि व्यापक रूपमा बढाउने वाचा गरेका छन् ।

अमेरिकामा कोरानाका बिरामी बढेका कारण केही समययता अस्पतालहरू भरिभराउ भएका छन् । कोरोनाका कारण अमेरिकामा ६ हजार ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.