प्रधानमन्त्री देउवाद्वारा सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् ।

शुक्रबार बिहान बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनले साझेदार दलसँग मन्त्रिपरिषदलाई छिट्टै पुर्णता दिने भन्दै नाम दिन आग्रह गरेका हुन् ।

गठबन्धनमा सामेल दलका प्रमुखले छिट्टै पार्टीमा छलफल गरेर नाम दिने जानकारी प्रधानमन्त्री देउवालाई गराएका छन् ।

बिहान बालुवाटारमा बैठक बसे पनि समय अभावका कारण धेरै विषयमा छलफल गर्न नसकिएकाले साँझका लागि पुनः बैठक बोलाइएको छ ।

साँझको बैठकले मन्त्रिपरिषद विस्तारको छिटो टुंग्याउने सहमति नेताहरुविच भएको छ । बैठकमा एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने विषयमा पनि कुराकानी हुनेछ ।

देउवा प्रधानमन्त्री भएको दुई महिना हुन लाग्दा पनि उनले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेकोमा आलोचना हुँदै आएको छ । हालसम्म देउवाको मन्त्रिमण्डलमा पाँचजना मन्त्री छन् ।

शुक्रबार बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेल सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.