प्रबासी एकता मंच अन्तरराष्ट्रिय कमिटी महिला बिभागको भर्च्युअल तीज सम्पन्न

0


नेकपा एमालेको प्रबासी संगठन प्रबासी एकता मंच अन्तरराष्ट्रिय महिला बिभागले नेपाली नारिहरुको पर्ब तीजको अबसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । संसारभरिबाट जोडीएका महिला दिदीबहिनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी पूर्वमन्त्री एबम अखिल नेपाल महिला संघकी अध्यक्ष थममाया थापाले शुभकामना दिदै तीज पर्बको महत्व, मुलुकको अहिलेको राजनैतिक परिबेश र संगठनले खेल्नु पर्ने भूमिकाको बारेमा स्पष्ट पार्नु भएको थियो ।

अर्का अतिथी अतिथि प्रबासी नेपाली मंच अन्तर्राष्ट्रीय कमिटीका अध्यक्ष भक्त गुरुङले सम्पुर्ण दिदीबैनीहरूलाई तीजको शुभकामना सहित तीजको बारेमा दिदीबैनीको मन छुने मन्तब्य दिनु भएको थियो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिब रमेश पान्डे, सचिवालय सदस्य तथा अमेरिकाज ईन्चार्ज प्रभु थापा , सचिवालय सदस्य तथा ईन्चार्ज मिडिल ईष्ट चानक पोख्रेल, , केन्द्रीय सदस्य तथा ओसियाना ईन्चार्ज डा बिनोद श्रेष्ठ, युरोप इन्चार्ज वाग्ले , युरोप अध्यक्ष गोबिन्द पौडेल र श्रीजना नेपाली उपस्थित रहेको कार्यक्रममा शान्ती अर्यालको कबिता, कमला थापा , श्रीजना लामा , बिन्दु त्रिपाठीको गीतले कार्यक्रमलाई रोमान्चक बनाएको थियो । सहभागीहरुलाई कल्पना त्रिपाठी ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी महिला बिभाग प्रमुख कुन्ती थापाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत सचिवालय सदस्य डा बिमला भण्डारी र सन्चालन प्रबासी नेपाली मंच् युरोपकी सदस्य सरु चापागाईले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.