एमसीसी उपाध्यक्षसँगको भेटमा के भने ओलीले ?

0

काठमाडौं : एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।

ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् ।

एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनुनपर्ने सुमारको भनाइ थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताए । ओलीले भेटघाटका लागि धन्यवाद दिँदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिपक्षिमा रहेको बताएको भट्टराईले जानकारी दिए ।

उनले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको भनाइ राखिएको बताए ।

बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधिमण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ ।  

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् । 

Leave A Reply

Your email address will not be published.