एमालेको अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बाबजुत प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश भएको छ । 

बुधबार बसेको प्रतिनिधिसभाको तेश्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुत सभामुख अग्नी सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न समय दिएका थिए । लगतै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबुल गरेका थिए ।

सभामुखले कार्यसूची अघि बढाउँदा एमाले सांसदहरु नारावाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।

अध्यादेश टेबुल भएपछि सभामुख सापकोटाले अर्काे बैठक भदौ २५ गते बस्ने गरी स्थगित गरेका छन् ।

Leave A Reply

Your email address will not be published.