संसद बैठकमा एमाले सांसदहरुको नाराबाजी

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ ।

पार्टीले १४ सांसदमाथि गरेको कारबाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।

बुधवार प्रतिनिधिसभा बैठकको शुरूमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

लगतै सभामुख अग्नी सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिए । भट्टराईले एमाले सांसदमाथि गरिएको कारबाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाए । यस बिषयमा सभामुखले जवाफ दिनुपर्ने उनले माग गरे ।

लगतै सभामुखले नियमावली र संविधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताएका थिए ।

सभामुख सापकोटाले जवाफ दिँदै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउ गरेका थिए ।

Leave A Reply

Your email address will not be published.