सभामुख सापकोटा एमाले फुटाउने कार्यमा संलग्न : ओली

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् ।

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैरकानूनी काममा संलग्न रहेको आरोप लगाए ।

सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा आफ्नो पार्टी शसक्त रुपमा उत्रने ओलीको भनाइ छ ।

आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उनले संसदलाई गठबन्धनको एकलौटी खेल मैदान बन्न नदिने चेतावली दिए ।

अध्यक्ष ओलीले देशको सिंगो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वका मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिए ।

Leave A Reply

Your email address will not be published.